Attariya Hospital Pvt.Ltd.

शशांकलाई आयोगले सोध्यो ७ दिने स्पष्टीकरण

padma
milan sunchadi

काठमाडौं – निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता तथा नवलपरासी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ।

गएको निर्वाचनमा ६ करोड खर्च गएको अभिव्यक्ति दिएपछि सांसद कोइरालालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो।

nawajiwan

उनले निर्वाचनमा २१ लाख ७५ हजार खर्च भएको विवरण आयोगमा बुझाएको भए पनि ६ करोड खर्च गरेको अभिव्यक्ति दिएपछि ७ दिनभित्र स्पष्ट पार्न आयोगले निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।नेता कोइरालाले गएको निर्वाचनमा आफ्नो चुनाव खर्च ६ करोड भएको बताएका थिए।

Siddi ganesh

शनिबार नेविसंघ इलाम-काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘मैले मेरो क्षेत्र नवलपरासी क्षेत्र नं १ गैँडाकोटबाट तीन पटक चुनाव जितेँ। पहिलो चुनावमा मेरो खर्च ८० हजार रुपैयाँ भयो। दोस्रोमा ३ करोड र गत चुनावमा ६ करोड खर्च भयो।’

जनतामा परिचित भइरहेपछि चुनावी खर्च घट्नुको साटाे बढ्दै गइरहेको उनको भनाइ थियो।

Nawadurga
Leave A Reply

Your email address will not be published.