Attariya Hospital Pvt.Ltd.

कैलालीको गौरीगङ्गामा काँग्रेसले गठबन्धन नगर्ने

padma
milan sunchadi

कैलाली – कैलालीको गौरीगङ्गामा नगरपालिकामा नेपाली काँग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ । मङ्गलवार बसेको पार्टीको नगर कमिटीको पूर्ण बैठकले स्थानीय निर्वाचनमा गौरीगङ्गामा गठबन्धन नगर्ने निर्णय गरेको हो । काँग्रेस एक्लै बलियो भएकोले चुनावी गठबन्धन नगर्ने निर्णय भएको पाटीले जानकारी दिएको छ ।

नगर सभापति पहल विक्रम चन्द र सचिव हेमन्तराज जोशी (बाजे) द्वारा हस्ताक्षरित विज्ञप्ति सार्वजनिक गर्दे आसन्न वैशाख ३० मा हुने निर्वाचनमा गठबन्धन गर्दा पदीय भागबन्डा र काँग्रेसमा प्रतिकुल असर पर्ने तथा आम कार्यकर्तामा झन् निराश छाउँदै गएको सिङ्गो नगरमा काँग्रेस एकजुट, एकत्रित भई गठबन्धनको आवश्यकता नरहेको उल्लेख गरेको छ ।

यस्तै, एक्लै चुनाव प्रतिस्पर्धामा जाँदा सम्मानजनक सफलता प्राप्त हुने हुँदा नगरको कुनै पनि वडा नगरमा कुनै प्रकारका गठबन्धन स्वीकार्य नहुने बताएको छ । सोमबार मात्र जिल्लाको घोडाघोडीमा गठबन्धन नगर्ने निर्णय गरेको थियो ।

Siddi ganesh

काँग्रेस गौरीगंगा नगर समितिले जिल्ला, प्रदेश र केन्द्रलाई पत्र समेत पठाएको छ । गौरीगङ्गामा गठबन्धन आवश्यकता नरहेको काँग्रेस क्षेत्र, प्रदेश र केन्द्रलाई पठाएको पत्रमा उल्लेख गरेको छ । केन्द्रीय कार्यसमिति र जिल्ला कार्य समितिको सहमतिप्रति गौरीगंगा नगर समितिको मङ्गलवार बसेको बैठकको ध्यानाकर्षण भएको बताईएको छ ।

साभार

Nawadurga
Loading...