Attariya Hospital Pvt.Ltd.

धनगढी मेयरको उम्मेदवारमा माओवादी केन्द्रबाट अधिकारी सर्वसम्मत

padma
milan sunchadi

धनगढी – नेकपा माओवादी केन्द्रको धनगढी नगर कमिटीले धनगढी उपमहानगरपालिकाको मेयरमा शान्ति अधिकारीलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउन सिफारिस गरेको छ । नगर कमिटीको बैठकले अधिकारीलाई मेयरको उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको माओवादी धनगढी नगर कमिटीका सचिव रमेशप्रसाद भट्टराइले जानकारी दिए ।

अधिकारी गत स्थानीय तह निर्वाचनमा माओवादीबाट धनगढीको उपमेयरको उम्मेदवार थिइन् । त्यस्तै धनगढीको उपमेयरमा कृष्णप्रसाद चौधरी, सुरज खाती र बलबहादुर ऐरको नाम जिल्ला समितिलाई सिफारिस गरिएको सचिव भट्टराइले जानकारी दिए ।

उपमहानगरभित्र रहेका प्रदेश कमिटी तथा जिल्ला समन्वय समितिका सदस्य, पार्टीका विभिन्न आयोग र विभागका सदस्य, सल्लाहकार, नगर कमिटीका पदाधिकारीको सहितको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो ।

Nawadurga
Loading...