Attariya Hospital Pvt.Ltd.

धनगढीको मेयरमा एकीकृत समाजवादीबाट २ जनाको नाम सिफारिस

padma
milan sunchadi

धनगढी – सुदूरपश्चिमको एक्लो उपमहानगरपालिका धनगढीको मेयर पदको उम्मेदवार बन्न समाजवादीले दुई जनालाई सिफारिस गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) धनगढी उपमहानगर कमिटीले मेयरको उम्मेदवारमा सिफारिस गरेको हो।

आइतबार उपमहानगर कमिटीको बैठकले मेयरका लागि मदनराज रेग्मी र लोकेन्द्र बानियाँ, उपमेयरमा रोजी बस्नेतलाई सर्वसम्मत सिफारिस गरेको नगर कमिटी अध्यक्ष मदन रेग्मीले बताए। मेयरका उम्मेदवार रेग्मी धनगढी उपमहानगर कमिटी अध्यक्ष हुन भने बानियाँ प्रदेश कमिटी सदस्य हुन्। उपमेयर उम्मेद्वार बस्नेत उपमहानगर कमिटी उपाध्यक्ष हुन्।

१९ वटा वडा रहेको धनगढी उपमहानगरका सबै वडामा समाजवादीले उम्मेदवारी घोषणा गरी चुनावमा होमिने निर्णय समेत नगर कमिटीले गरेको छ।

Nawadurga
Loading...