Attariya Hospital Pvt.Ltd.

कांग्रेसका तर्फबाट गोदावरीको मेयर र उपमेयरमा ६/ ६ जनाको दावी

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाको मेयर तथा उपमेयरकालागी नेपाली कांग्रेसकातर्फबाट ६/६ जनाले दावी पेश गरेका छन् । कांग्रेस नगर समितिले स्थानीय तहको जनप्रतिनिधिका लागि आकांक्षीको नाम माग गरेकोमा ६/६ जनाले दाबी पेश गरेका हुन ।

मेयरको लागि दाबी पेश गर्नेमा हेम प्रकाश उप्रेती, बिरेन्द्र भट्ट, लोक राज पाण्डे (आगो), धर्म राज भट्ट, विर बहादुर चोखाल र डम्मर कडायत रहेका कांग्रेस गोदावरी नगर समितिका प्रवक्ता अशोक राज देवकोटाले जानकारी दिएका छन ।
त्यस्तै उपमेयरको दावी पेश गर्नेमा शान्ती सिंह शाह, भगवती पाठक, शारदा कुमारी साउँद, लक्ष्मी कुमारी भट्ट, जानकी पाल र शिवा देवी कडायत रहेका छन् ।
उम्मेदवारी दावी पेश गरेकाहरुको नाम प्रदेशमा पठाइने प्रवक्ता देवकोटाले जानकारी दिएका छन ।

कांग्रेस नगर समितिले सोमबार र मंगलबार स्थानीय तहको जनप्रतिनिधिका लागि आकांक्षीको नाम पेश गर्ने समयावधि तोकेको थियो ।वडाको टुगों भने भोली बिहानसम्म लाग्ने प्रवक्ता देवकोटाले बताएका छन् ।

Nawadurga
Loading...