Attariya Hospital Pvt.Ltd.

उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनैपर्ने

padma
milan sunchadi

काठमाडौं – स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ।

सर्वोच्च अदालतले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको हो।

उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोगकै निर्णयलाई सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए। उक्त रिट खारेजभएपछि जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने हुन्छ।

Siddi ganesh

न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलबार यसअघि जारी अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो। अल्पकालीन आदेशले निर्वाचन आयोगको आचारसंहितामा उल्लेख गरिएको प्रावधान रोकिएको थियो। अब यो कार्यान्वयन गर्न बाटो खुलेको छ। निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सरकारी कोषबाट पारिश्रमिक तथा आर्थिक सुविधा पाउने व्यक्तिले लाभको पद धारण नगरेको स्वघोषणा गर्दै स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्नेसंहिता लागू गरेको थियो।

Nawadurga
Loading...