अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसको तर्फबाट शिवा देवि कडायतले आफ्नो दावी पेस गरेकी छिन ।
उनले पार्टीको नगर कार्यालयले आकांक्षीको नाम माग गरेकोमा मंगलबार आफ्नो दावी पेश गरेका हुन ।
गोदावरी नगरपालिकाबाट क्षेत्रिय प्रतिनिधि समेत रहेकी कडायतले नगर उपप्रमुख पदको लागि आफू सक्षम रहेको बताएकी छिन ।
कडायत बिगत लामो समय देखि गोदावरी नगरक्षेत्र भित्र रहेका विभीन्न संघ संस्थामा समेत आबद्ध छिन ।