Attariya Hospital Pvt.Ltd.

एमालेबाट धनगढीको मेयरमा चन्द र उपमेयरमा रानालाई उम्मेदवार बनाउने

padma
milan sunchadi

धनगढी – नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्दलाई उम्मेदवार बनाउने भएको छ।

केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत रहेका चन्दलाई धनगढीको मेयरको उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ।

यस्तै उपमेयरमा कन्दकला रानाथारु लाई उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ। नेकपा एमालेको सचिवालय बैठकले महानगरपालिका र उपमहानगरपालिकामा आफ्नो पार्टीको उम्मेदवारहरु चयन गरेको हो।

Siddi ganesh

धनगढी उपमहानगरपालिकासँगै कैलालीका अन्य स्थानीय तहमा पनि उम्मेदवारको टुङ्गो लगाउने प्रयास भइरहेको नेकपा एमाले प्रदेश कमिटिले जनाएको छ।

Nawadurga
Loading...