Attariya Hospital Pvt.Ltd.

महेन्द्रनगर नगर विकास र मालपोतका कर्मचारीसहित ६४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

padma
milan sunchadi

कञ्चनपुर – महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष र मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित ६४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ। नगर विकासका तत्कालीन अध्यक्ष गोपाल रसाइली र मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशनसिंह थापासमेत ६४ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पु¥याएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले आरोप–पत्र दायर गरेको हो।

sudur last

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो।

तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा अपनाउनु पर्ने विधि र प्रकृया विपरीत अध्यक्षको एकल तोक आदेशको आधारमा व्यक्ति विशेषको नाममा दर्ता स्रेस्ता कायम गरी हक हस्तान्तरण गरेको देखिएको अख्तियारको दाबी छ।

Siddi ganesh

सो कार्यमा संलग्न तत्कालीन महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष, समितिमा कार्यरत कर्मचारीहरु र सो जग्गा दर्ता स्रेस्ता कायम गर्ने कार्यमा संलग्न मालपोत कार्यालयका कर्मचारीहरु, कित्ताकाट प्रकृयामा संलग्न नापी कार्यालयका कर्मचारीहरु तथा जग्गा प्रथम तहमा प्राप्त गर्ने व्यक्तिहरुको हकमा सजाय मागदाबी गर्दै आईतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

Nawadurga
Leave A Reply

Your email address will not be published.