Attariya Hospital Pvt.Ltd.

बझाङमा ११४ जनाले लिए उम्मेदवारी फिर्ता

padma
milan sunchadi

बझाङ – बझाङमा ११४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। आ–आफ्नो स्थानीय तहमा स्थापित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन्। जयपृथ्वी नगरपालिकामा प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहित १६ जना , बुंगल नगरपालिकामा प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।

यस्तै तलकोट गाउँपालिकामा उपाध्यक्ष, वडा सदस्य र महिला सदस्य गरी जम्मा ३ जना, वित्थडचिर गाउँपालिकामा वडा अध्यक्ष, महिला सदस्य र वडा सदस्य गरि ४ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै साइपाल गाउँपालिकामा १, मष्टा गाउँपालिकामा ८, खप्तडछान्ना गाउँपालिकामा १८,सुर्मा गाउँपालिकामा ५ केदारस्युँ गाउँपालिकामा ३, थलारा गाउँपालिकामा १२, दुर्गाथली गाउँपालिकामा ९ र छविसपाथिभेरा गाउँपालिकामा १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

Nawadurga
Loading...