Attariya Hospital Pvt.Ltd.

७६ जिल्लाको मतपत्र छपाइ सकियो, ४३ जिल्लामा ढुवानी

padma
milan sunchadi

काठमाडौं – निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुर जिल्ला बाहेकका सबै जिल्लाको मतपत्रको छपाइ सकिएको जनाएको छ।

sudur last

आयोगका अनुसार ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाई भइसकेको जनाएको हो। ६ वटा महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र भने उम्मेदवारले चुनाव चिह्न पाइसकेपछि छाप्ने आयोगले जनाएको छ।

कायम रहेका दल तथा स्वतन्त्र उम्मेदवारको मात्रै चुनाव चिह्न राखेर मतपत्र छाप्नका लागि यसो गरिएको आयोगले जनाएको छ। आयोगले छापिएका मतपत्र धमाधम सम्बन्धित जिल्लामा पठाइरहेको छ।

Siddi ganesh

हालसम्म ४३ जिल्लाका ७५ लाख ७३ हजार मतपत्र ढुवानी भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको र अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी रहेको पौडेको भनाइ छ। मनाङ र मुस्ताङमा भने हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.