राहुल गान्धी काठमाडौँमा

padma

काठमाडौँ – भारतको प्रमुख प्रतिपक्ष दल भारतीय कंग्रेस आईका नेता राहुल गान्धी नेपाल भ्रमणका लागि काठमाडौँ आएका छन् । उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

Shikhar Dental

कंग्रेस आईका नेता राहुल गान्धी सुम्निमा उदासको विवाहमा सहभागी हुन नेपाल आएका हुन् । उदास अमेरिकी टेलिभिजन प्रसारण संस्था सीएनएनको लागि भारतमा काम गरेकी थिइन । त्यही क्रममा सुम्निमा र राहुलबीच मित्रता भएको बताइन्छ । सुम्निमाका बाबू भीम उदास खाद्य तथा कृषि संगठनमा काम गर्थे । उनी यसअघि म्यानमारका लागि राजदूत पनि थिए । सुम्निमाले आज निमा मार्टिन शेर्पासँग बिबाह गर्दैछन् ।

गान्धी शुक्रबार स्वदेश फर्कनेछन् । यसअघि उनी २०७५ साल भदौ १५ गते पनि नेपाल आएका थिए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.