bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह नपुगेपछी ५३ पालिकाको मतपत्र दोहोर्‍याएर छापिँदै

padma
milan sunchadi

काठमाडौं – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ५३ वटा पालिकाको मतपत्र दोहोर्‍याएर छाप्नुपर्ने भएको छ। अपेक्षा गरेभन्दा धेरै स्वतन्त्र उम्मेदवार भएपछि मतपत्र दोहोर्‍याएर छाप्न लागिएको हो।

आयोगले ६ वटा महानगरबाहेक सबै स्थानको मतपत्र छापिसकेको थियो। तर उम्मेदवारको अन्तिम नामावली आउँदा स्वतन्त्र उम्मेदवार बढी भएपछि चिन्ह नै नपुग्ने भएकाले मतपत्र फेरि छाप्नु पर्ने भएको हो।

दोहोर्‍याएर छाप्नुपर्नेमा धेरैजसो मधेश प्रदेशका गाउँपालिका र नगरपालिका रहेका छन्।

Siddi ganesh

आयोगले दलका चुनाव चिन्हका साथै अरु चुनाव चिन्ह राखेर मतपत्र छापेर जिल्लामा ढुवानी गरिसकेको छ। आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छापिरहेको छ। आज बेलुकीसम्म सबै मतपत्र डिजाइन भएर जनक शिक्षालाई पठाइने आयोगले जनाएको छ।

महानगरपालिकाको पनि मतपत्र छाप्न सुरु भइसकेको छ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.