Attariya Hospital Pvt.Ltd.

कांग्रेसले आजदेखि २७ गतेसम्म चुनावी सभा गर्दै,सभापति देउवासहितका शीर्ष नेताले सम्बोधन गर्ने

padma
milan sunchadi

काठमाण्डाै – नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका देशका विभिन्न ठाउँमा चुनावी सभा गर्दैछ । सातै प्रदेशमा हुने चुनावी सभालाई सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले सम्बोधन गर्ने छन् ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजदेखि आउँदो २७ गतेसम्म चुनावी सभा हुनेछ । सभाको संयोजन सम्बन्धित जिल्ला कार्यसमितिले गर्नेछन् । आज मोरङको विराटनगरमा हुने सभामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताले सम्बोधन गर्ने तयारी छ । यसैगरी भोलि चितवनको भरतपुरमा हुने सभामा पनि सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लगायतले सम्बोधन गर्ने तयारी छ ।

यस्तै, पर्सि काठमाण्डौमा, २४ गते रुपन्देहीको बुटवलमा, तनहुँको दमौलीमा र धनुषाको जनकपुरमा सभा हुुने छ । यस्तै, २५ गते पोखरामा, दाङको तुलसीपुरमा, २६ गते कैलालीको धनगढीमा र २७ गते डडेल्धुरामा चुनावी सभा हुने कांग्रेसले जनाएको छ ।

Nawadurga
Loading...