बस र टाटासुमो ठोक्किँदा ६ वर्षीय बालकसहित पाँच जनाको मृत्यु

padma

काठमाडौँ – काठमाडौँबाट भारततर्फ जाँदै गरेको यात्रुबाहक बस र टाटासुमो ठोक्किँदा काभ्रेमा पाँच जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार युपी ५८३ बी ८१८१ नम्बरको गाडी र बा१च ४२१० नम्बरको टाटा सुमो बिपी राजमार्गमा ठोक्किएका हुन्।

रोशी गाउँपालिका-११ मा बुधबार दिउँसो सुमो र भारतीय नम्बरको गाडी एक आपसमा ठोक्किँदा ६ वर्षीय बालक संगीत भुसाल, उनकी आमा ३० वर्षीया सम्झना भुसालसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Shikhar Dental

उनीहरू रामेछाप खडादेवी गाउँपालिकाका हुन्। यस्तै, मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका-७ का ३० वर्षीय विक्रम श्रेष्ठ, सोही नगरपालिका-४ का ४५ वर्षीय हरिबहादुर बल र सुनकोसी गाउँपालिका-१ की ४४ वर्षीया प्रमिला नेपाली छन्।

तीर्थयात्री लिएर भारत जाँदै गरेको बस र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको टाटा सुमो आपसमा ठोक्किएको काभ्रेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।

दुर्घटनामा अन्य १८ जना घाइते भएको र उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको खतिवडाले बताए।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर, चार जनाको अवस्था मध्यम, १२ जना सामान्य घाइते रहेको खतिवडाले बताए।

Nawadurga
Leave A Reply

Your email address will not be published.