Attariya Hospital Pvt.Ltd.

मतपत्र छपाइ सकियो,आज बेलुकासम्ममा सबै जिल्लामा ढुवानी हुने

padma
milan sunchadi

काठमाण्डाै – स्थानीय तह निर्वाचनका लागि मतपत्रको छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगले आज बेलुकासम्ममा सबै जिल्लामा मतपत्र ढुवानी हुने जनाएको छ ।

मधेस प्रदेशका ८ जिल्ला बाहेक अरु जिल्लामा यसअघि नै मतपत्र ढुवानी भइसकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बेलुकासम्ममा सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने छ।

plastik

आयोगले हिजो पालिका चुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको जनाएको थियो । यसपालि दुई करोड सात लाख चार हजार मतपत्र छापिएको छ । ४३ पालिकामा पुनः मतपत्र छाप्नु परेकाले यसअघिको लक्ष्यभन्दा धेरै छपाइ भएको आयोगले जनाएको छ ।

Siddi ganesh

पुनः १३ लाख चार हजार मतपत्र छापिएको हो । आयोगले ६ महानगर र भक्तपुरका लागि आवश्यक मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि छपाइ थालेको थियो । पालिका चुनावका लागि कुल मतदाता एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना रहेका छन् ।

आयोगले निर्वाचनका लागि स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक खटाइएको कर्मचारीलाई तोकिएको ठाउँमा खटिन निर्देश गरेको छ ।

उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुन बमोजिम कडा कारवाही गर्न सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ । मतदान कार्यका लागि खटिएका कर्मचारीलाई अनिवार्य रूपमा आफू खटिएको ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश गरेको छ ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.