औपचारिक रुपमा फुट्यो विप्लवको पार्टी, धर्मेन्द्रको नेतृत्वमा नेकपा बहुमत पार्टी गठन

padma

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजित भएको छ । केही समययता एक अर्कामाथि कारवाही श्रृङ्खला चलेको सो पार्टी शुक्रबार औपचारिक रुपमै विभाजित भएको हो । चितवनमा भएको धर्मेन्द्र बास्तोला समूहको राष्ट्रिय भेलाबाट नेकपा (बहुमत) गठनको घोषणा गरिएको छ । भेलाले बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरिएको छ ।  महाधिवेशन आगामी फागुन १ गते हुनेगरी टुंगो लगाइएको छ।

Shikhar Dental

राष्ट्रिय भेलाले एकीकृत जनक्रान्तिको कार्यदिशा खारेज गरेको छ भने वैज्ञानिक समाजवादी क्रान्ति भनेर नयाँ कार्यदिशा तय गरिएको छ । न

चुनावमा जाने विषयमा दुई पक्षबीच चलेको अन्तरसंघर्ष उग्र बन्दै विभाजनसम्म पुगेको हो । विप्लव चुनावमा जाने पक्षमा थिए भने बास्तोलासहित हेमन्तप्रकाश ओलीलगायत चुनावको विपक्षमा थिए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.