काम नगर्ने,कुरामात्रै गर्ने विरुद्ध मेरो उम्मेदवारी हो – अध्यक्ष उम्मेदवार शुकदेव सिहं

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ को अध्यक्षमा उम्मेदवारी दिएका शुकदेव सिहंले काम नगर्ने,कुरामात्रै गर्ने विरुद्ध आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

आईतबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै विवेकशील साझाबाट अध्यक्षका उम्मेदवार बनेकासिंहले आफूले बोलेका कुरा पुरा गर्ने प्रतिवद्धता समेत जनाए ।

‘यहाँ पार्टी ठूला भन्ने, नेता ठूला भन्ने, योजना पनि ठूला ल्याउने गरिएको छ । तर, ति योजना कार्यान्वयन हुँदैनन्’ उनले भने ‘यसअघिका वडाअध्यक्ष प्रति जनताको व्यापक गुनासोका बिच आफूले वडाअध्यक्षमा उम्मेदवारी दिएको हुँ । ५ बर्ष सम्म जनताको मुखबाट गालि गरिएको मात्रै सुनियो । जुन परिस्थितिबाट जनतालाई माथि उठाउनको लागि अध्यक्षमा उम्मेदवारी दिएको हु ।’

उनले नेतालाई गालि गर्नु भन्दा पनि आफूले नै वडाको नेतृत्वमा आएर काम गरेर देखाउने सोचका साथ उम्मदेवारी दिएको बताए । उनले सोच बदलेर आफूलाई चुनाव जिताए जनताले ५ बर्ष गालि गर्न नपर्ने बताए ।

‘वडामा अहिले मुख्य समस्याका रुपमा खानेपानी, बाटोघाटो, छाडा पशु चौपाया स्वास्थ्यको समस्या रहेको छ’ उनले भने ‘वडामा नेताका मान्छे भएको ठाउँमा केही विकास भएपनि अन्य ठाउँको अवस्था सुधार भएको छैन ।’

उनले आफुले वडामा काम गर्दा कुनै पनि राजनीतिक दल नभनी सबैको पहुच हुने गरी काम गर्ने बताए । उनले आफू विजयी भएर वडाका काममा नगरले असहयोग गरे वडाका जनताको साथ लिएर अगाडी बढ्ने बताए ।

अबको समयमा मिसन र भिजन सहितका व्यत्तिहरु निर्चाचित हुनुपर्ने उनको तर्क छ ।

विवेकशील साझाले गोदावरीको वडा नम्बर २ मा मात्रै वडा अध्यक्षर २ जना खुला सदस्यमा उम्मेदवारी दिएको छ ।