पूर्वी युक्रेनको एक विद्यालयमा रुसको आक्रमण, ६० जनाको मृत्यु
पूर्वी युक्रेनको एक विद्यालयमा रुसी आक्रमणबाट पछिल्लो पटक झन्डै ६० जनाको मृत्यु भएको छ ।
पूर्वी युक्रेनको विद्यालयमा रुसले आक्रमण गरेको र आक्रमणमा परेर झन्डै ६० जनाको ज्यान गएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। रुसले विमानमार्फत बम खसालेको युक्रेनले दाबी गरेको छ। तर, रुसले यो घटनाबारे कुनै पनि प्रतिक्रिया दिएको छैन।
रुसले सेल्टरको रुपमा प्रयोग गरिएको विद्यालयमा बम खसालेको युक्रेनलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बम खसालिएको विद्यालयमा त्यहाँका नागरिक आश्रय लिएर बसेका थिए ।
यसैबीच, संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणबाट आफू स्तब्ध रहेको बताएका छन्। उन्ले नागरिकलाई निराश बनाउनु गलत भएको भन्दै घटनाको भर्त्सना गरेका छन् ।
एजेन्सी