Attariya Hospital Pvt.Ltd.

हाम्रो गठबन्धन प्रतिगमनका विरुद्ध हो :प्रचण्ड

padma
milan sunchadi

अत्तरिया – नेकपा माओवादीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डले पाँच दलीय गठबन्धन प्रतिगनमनका विरुद्ध भएको बताएका छन् ।

सोमबार पाँच दलीय गठबन्धनद्धारा कैलालीको धनगढीमा आयोजीत आमसभालाई सम्बोधन गर्दै उनले पाँच पार्टी सम्मीलीत गठबन्धन प्रतिगमनका विरुद्ध भएको बताएका हुन् । एमाले अध्यक्ष ओलीले संिवधानमा प्रावधान नै नभएको संसद विघटन गर्ने,संिधानमाथी घात गर्ने र संघीय लोकतान्त्रीक गणतन्त्र नै उल्ट्याउन खोज्ने दुष्प्रयास गरेकाले गठबन्धन गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो ।

ओलीले प्रतिनीधी सभा भंग गरेर नेपाली जनताले ठुलो त्याग र बलीदानबाट प्राप्त गरेका हक अधिकार खोस्ने प्रयास गरेको तर सफल नभएको उनले बताए । उनले गठबन्धन भत्काउनकालागी थुप्रै प्रयासहरु भईरहेकाले भ्रममा नपर्न सबैलाई आग्रह गर्दै देशमा सुसासन चयन गर्नकालागी,विकास र सम्वृद्धीको यात्रा सुरु गर्नकालागी गठबन्धनका सबै उम्मेदवारलाई विजयी हाँसील गराउनु आवश्यक रहेको बताएका छन् ।

Nawadurga
Loading...