Attariya Hospital Pvt.Ltd.

गोदावरी, ८ का लागी अध्यक्ष उम्मेदवार देउवाका यस्ता छन् प्रतिवद्धता

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ को अध्यक्षमा टेक बहादुर देउवा चुनावी प्रतिष्पर्धामा छन् । देउवा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हुन् । वडाका विभीन्न सामाजिक सँस्थामा आवद्ध रहेका र सामाजिक कार्यमा उपस्थीती जनाँउदै आएका उनी वडाभित्र लोकप्रिय व्यत्तिका रुपमा चिनीन्छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागी उनले वडाबासी संग विभीन्न प्रतिवद्धता गरेका छन् । वडाको स्वास्थ्य, शिक्षा तथा कृषीको विषयलाई उनले आफ्नो प्राथमिकतामा राखेका छन् । वडाभित्र खानेपानीको व्यवस्थालाईपनी मुख्य प्राथमिकतामा राखेको उनले बताएका छन् । वडाभित्र स्वास्थ्य बिमालाई प्रभावकारी ढंगले लागु गर्ने उनले बताएका छन् । त्यसैगरी सामुदायीक विधालयको अवस्था सुधारकालागी प्रयास गर्नुकासाथै गरिब,जेहेन्दार विधार्थीलाई छात्रवृतीको व्यवस्था र विधालयमा प्राथमीक उपचारको व्यवस्था मिलाईने उनले बताएका छन् ।

वडाभित्र सिँचाईको व्यवस्थाकासाथै वडाभित्र कृषी पकेट क्षेत्रको अध्यन गरि घोषणा समेत गरिने उनले उल्लेख गरेका छन् । प्राकृतिक तथा धार्मीक सम्पदाको संरक्षण गर्नुकासाथै उनले सार्वजनीक स्थानहरुमा निशुल्क ईन्टरनेटको व्यवस्था गरिने जनाएका छन् । चोकहरुमा सडक बत्तिको व्यवस्थाका साथै बाटोघाटो र नदी कटान रोक्न तटबन्धको व्यवस्था गरिने उनले बताएका छन् । जातजातीका भेषभुषाको संरक्षणकासाथै युवा,महला तथा किशोरीहरुकालागी सिपमुलक तालीमको व्यवस्थागर्ने उनले प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.