उम्मेदवारको मृत्यु भएपछि दाङ -१७ मा आज मनोनयन दर्ता

padma

काठमाडौं – उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का नेकपा (एमाले) को तर्फबाट वडाध्यक्षका अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ।

Shikhar Dental

एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए।

बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ। वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ। त्यसपछि मौन अवधि सुरु हुनेछ।

त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ। कलेजो, मिर्गौला रोगका कारण चौधरीको आइतबार राति मृत्यु भएको थियो। त्यहाँ वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.