आज र भोली नयाँ मतदातालाई मतदाता परिचयपत्र वितरण गरिँदै

padma

काठमाडौं – आज र भोली नयाँ मतदाताहरुलाई मतदाता परिचयपत्र वितरण गरिँदैछ । नयाँ मतदाताहरूलाई सम्बन्धित मतदान केन्द्रबाट परिचयपत्र वितरण गरिने भएको हो । आगामी शुक्रवार हुने स्थानीय तह निर्वाचनको लगभग सबै “तयारी पूरा भएको” निर्वाचन आयोगले जनाएको छ।

नयाँ संविधान जारी भएपछि सङ्घीय गणतन्त्र नेपालमा दोस्रो पटक स्थानीय तह निर्वाचन शुक्रवार हुन लागेको हो।

Shikhar Dental

यसपालिको चुनावमा वैशाख २९ गते अर्थात् निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मत खसाल्न पाउने आयोगले जनाएको छ।

त्यसका लागि देशैभरि १० हजार पाँचसय भन्दा बढी मतदानस्थल र झन्डै २२ हजार मतदान केन्द्र तोकिएको छ।

निर्वाचन आयोगकाअनुसार यसपालिको स्थानीय तह निर्वाचनमा २४ लाख भन्दा बढी नयाँ मतदाता थपिएका छन्।

पुरानो मतदाता परिचयपत्र हराएको वा प्रयोग योग्य नभएकाले मतदातापत्रको माग गर्दै निवेदन पेस गरेकाहरूलाई पनि मतदाता परिचयपत्र उपलब्ध गराइने आयोगको भनाइ छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.