धनगढीमा मतगणनाका लागि सर्वदलीय बैठक

padma
Shikhar Dental

धनगढी – सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीमा बैठक सुरु भएको हो। सर्वदलीय बैठकबाट सहमति जुटाएर केही समयपछि मतगणना थालिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

धनगढीको मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि चुन्नका लागि शुक्रबार मतदान सम्पन्न भएको थियो। दलिय र स्वतन्त्र उम्मेदवारले शुत्रबार रातिदेखि नै गणना सुरु गर्न माग गरे पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आजदेखि नै सुरु गर्ने अडान लिएको थियो। रातिदेखि नै मतगणना सुरु हुर्नुपर्ने भन्दै नारावाजी गरिरहेका युवाहरूमाथि प्रहरीले लाठी चार्ज गरेको थियो।

Nawadurga
Leave A Reply

Your email address will not be published.