लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने


अत्तरिया – सरकारले आगामी बजेटबाट कैलालीको लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने जनाएको छ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९ ०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले कैलालीको लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने बताए। सुदूरपश्चिममै पहिलोपटक लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने भएको हो।
