ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं – उदयपुरको कटारीमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

कटारी नगरपालिका–१४ भदौरेमा चार जनाको गएराति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए।


तिमल्सिनाका अनुसार मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट बाेकेर सोलुखुम्बु जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा दुर्घटना भएको हो।
दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षका सुजित घलान, सहचालक २५ वर्षका नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षका अनुज लामा र ३७ वर्षका राजन तामाङको घटनास्थलमै मृत्यु भएको डिएसपी तिमल्सिनाले बताए।
