गोदावरीको कार्यपालीकाले पायो पुर्णता, एकल बहुमतमा कांग्रेस

padma

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाको कार्यपालिकाले पूर्णता पाएको छ । कार्यपालिकाको निर्वाचनबाट कांग्रेसका इस्वरा नेपाली,बसन्ती देबी थरुनी,शारदा देबी भट्ट, डम्मरी शाहु,र ईस्वरी रावल निर्वाचित भएका छन ।

Shikhar Dental

कांग्रेसबाट नै महादेब कामी, चन्द्रा देबी भुल र धनी कामी पनि कार्यपालिकामा निर्वाचित भएका छन । कार्यपालीकामा निर्वाचित भएका ८ जनाले आज सपथ लिएका छन् ।उनीहरुलाई नगरप्रमुख विरेन्द्र भट्टले सपथ खुवाएका हुन् ।

कार्यपालिकामा मेयर उपमेयर सहित २२ जना रहेकोमा नेपाली कांग्रेस एकल बहुमतमा रहेको छ । नगरपालीकाको मेयरमा कांग्रेसबाट निर्वाचित भएका विरेन्द्र भट्ट संगै ८ जना वडा अध्यक्ष रहेका छन् भने ८ जना कार्यपालीका सदस्य रहेका छन् ।

यस्तै नेकपा एमालेको तर्फबाट उपमेयर शारदा देवी रोकाया संगैं ४ जना वडा अध्यक्ष रहेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.