सुनखानीमा भएको झडपमा एकसय जनाको मृत्यु

padma

काठमाडौं – अफ्रिकी मुलुक चडको उत्तरी क्षेत्रमा अवैध सुनखानी भएको कामदारबीचको भिडन्तमा एक सय जनाले ज्यान गुमाएका छन्। घटनामा अन्य ४० जना घाइते भएको बीबीसीले जनाएको छ।

Shikhar Dental

रक्षामन्त्री दाउद याया ब्राहिमले दुईजना व्यक्तिबीचको सामान्य विवादबाट नरसंहार भएको बताएका छन्। ​ लिबियाको सीमासँग जोडिएको कोउरी बोउगोउदी जिल्लाको पहाडी क्षेत्रमा चड र अन्य छिमेकी मुलुकमा मानिस सुन खोज्न आकर्षित हुने गरेका छन्।

यो हिंसात्मक घटना गत साता घटेको भएपनि सोमबार मात्र यसको विस्तृत विवरण सार्वजनिक भएको हो। केहि समूहले मृतकको संख्या सरकारले सार्वजनिक गरेको भन्दा बढी हुनुपर्ने बताउँदै हिंसाका लागि सुरक्षाकर्मीलाई दोष दिएका छन्।

राजधानी जामेनादेखि करिव १ हजार किलोमिटर टाढाको घटनास्थलमा शान्ति सुरक्षा पुनस्र्थापनाका लागि अहिले सरकारले सेना परिचालन गरेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.