Attariya Hospital Pvt.Ltd.

कांग्रेसलाई प्रचण्डको चेतावनी : एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्

padma
milan sunchadi

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले पनि माओवादी केन्द्रलाई हेप्न खोजे एमालेलाई जस्तै ठेगान लगाइदिने चेतावनी दिएका छन्।

आफ्नो पार्टीका निर्वाचित जनप्रतिनिधिलाई पार्टीको प्रशिक्षण दिँदै उनले कांग्रेसमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले जस्तै दम्भ र अहंकार देखाउन थालेको बताएका हुन्।

प्रचण्डले कांग्रेसलाई चेतावनी दिँदै भने, ‘कांग्रेसलाई पनि भन्न चाहन्छु। अहंकार र दम्भले कसैको हित गर्दैन। कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन स्थानीय तहको निर्वाचनमा पनि ठेगान लगाइयो। अब प्रदेश र संघमा पनि ठेगान लगाउने भन्यो भने भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनुपर्ने दिन नआओस् भन्ने पक्षमा छौँ।’

Nawadurga
Loading...