जातीय विभेद विरुद्ध संघर्ष गरेको एक जोडी

Image
फाईल फोटो

अत्तरिया – २०६२ सालतिरको कुरा हो । कैलालीको गोदावरी नगरपालीको एउटा विधालयमा कक्षा ९ मा पढ्दै गरेका सुयोग (नाम परिवर्तन) र ८ कक्षा पढ्दै गरेका रेखा (नाम परिवर्तन) एउटा साँस्कृतिक कार्यक्रममा भेट भए । भेटघाटकै क्रममा कुराकानी बाक्लो हुँदै गएपछी उनीहरु प्रेम सम्बन्धमा जोडीए । दुवैजनाले अनेक सपना बुन्दै बिहे गर्ने निधो गरे ।

फरक समुदायका उनीहरुका अगाडी जात तगारो बन्यो । सुयोग दलीत समुदायका हुन् भने रेखा चौधरी समुदायकी हुन् । रेखाले बिहेको कुरा राख्दा सुयोगले हाम्रो जात मिल्दैन,हमीलाई एक हुन दिदैन,छुटाँउछन भन्थे तर रेखा मन मिले त भइहाल्यो जात नमीले के हुन्छ?हामीले नछुटे अरुले कसरी छुटाँउछन् ? भन्दै प्रश्न गर्थीन् । आपसी समझदारीमा रेखाको एस एल सी परीक्षा सकिएपछी उनीहरुले भागेरै बिहे गर्ने निर्णय गरे ।

रेखाको एस एल सी परीक्षा सकिएपछी सुयोगले रेखालाई आफ्नो घर लगेर गए । घरमा सुयोगका आमाबुवा रेखालाई स्वीकार गर्ने पक्षमा त थिए तर माइत पक्ष आएर छोरालाई नै कुटपिट गर्छन की भन्नेमा त्रसित थिए । उता रेखाले दलीत समुदायको केटासंग भागेर बिहे गरेको कुरा रेखाको परिवारले थाहा पाईसकेको थियो । हाम्रो चौधरी समुदायमा त जातको कुरा त्यति हेरीदैन तर समाजको मान्छेले आमाबुवालाई तिम्रो छोरी त दलीत संग गई भनेर भड्काइ दिएछन् रेखाले भनीन् “नभन्दै मेरो आमाबुवा त दलीत संग किन आएको भन्दै मलाई लिन भनेर आउनु भयो ।”

मेरो सासु ससुरा माइती पक्ष आएर हाम्रो छोरालाई कुटपिट गर्छन की भनेर पहिले देखी डराईराख्नु भाथ्यो साँच्चीकै माइती आगनमा आएपछी त तिमी जाउ हाम्रो छोरालाई मार्छन भनेर मलाई कर गर्नुभयो विगत सम्झीदै रेखाले भनीन् हामी दुवै जनाले कहिँ पनी नजाने बताएपछी माइती पक्ष फर्केर गए । जातका बारेमा त्यति वास्ता नगर्ने चौधरी समुदायमा समाजले अनेक कुरा लगाईदिदा आफ्नो परिवार पनी त्यहि मान्न बाध्य भएको रेखा बताँउछिन् ।

२०६४ सालमा भागी बिहे गरेका सुयोग र रेखाले आफ्नो घरपरिवारबाट भने संधै साथ र सहयोग पाए । र समाजमा घुलमिल हुन र सरकारी कागज प्राप्त गर्न भने यो जाडीले संघर्ष नै गर्नुपर्यो । घर पक्षबाट कहिले पनी कुनै प्रकारको अप्ठ्यारो खेप्न नपरेका उनीहरुलाई सरकारबाट बिहे दर्ता र नागरिकता लिँदा भने हैरानी खेप्नुपर्यो । अन्तरजातीय बिहेको बिहेदर्ता गाविस ले नदीदो रैछ रेखाले भनीन् “हामीलाई सिधै प्रशासनमा पठाईयो,नागरिकता बनाँउदा पनी माइती र घर पक्षको पाँच÷पाँच जना लिएर आउनुस भनेपछी त्यो पनी गरेर नागरिकता बन्यो ।” “घरमा बिहे गरीसकेको अवस्थामा समेत बिहे दर्ताको लागी भने प्रशासनमै कोर्ट म्यारिज गरेपछीमात्रै बिहेदर्ता भयो” उनले भनीन् ।

बिहे गरेको एक वर्षपछी छोरा जन्मीयो,छोराको स्याहार सुसार देखी घर भित्र र बाहिरका हरेक काममा श्रीमान र सासुले संधै सहयोग गर्ने गरेको उनले बताईन् ।  राजनीति,सामाजीक कार्यमा उत्तिकै संलग्न रहने यो जोडी आफ्नो व्यवशाय समेत सफलताकासाथ संचालन गर्दै आएको छ ।

सुरुवातको समयमा समाजले अन्तरजातीय बिहे भन्दै कुरा काट्ने गरेको भएपनी बिस्तारै त्यो कम हुँदै गएको उनीहरुले महसुु गरेकका छन् । बिस्तारै जातीय विभेद कम हुँदै गएको महसुस हुन थालेको छ सुयोगले भने । गाँउटोलमा पहिले पहिले छुवाछुतको कुरा हुने भएपनी राजनीतिक कार्यक्रममा बाहिर हिँड्दा भने कुनैपनी ठाँउमा त्यस्तो भोगाई आफ्नो नरहेको उनले बताईन् ।

वैवाहिक जीवनको सुरुवातमा जति संघर्ष गरेउँ पछील्लो समयमा भने दुई जनाको एकअर्कालाई दिने सम्मान र घरपरिवारको सहयोगले जीवन सहज भएको रेखाको अनुभव छ । जिल्ला प्रहरी कार्यालयमा यो वर्ष जातीय छुवाछुत विरुद्ध एउटा मात्रै मुद्धा दर्ता भएको जिल्ला प्रहरी कायालय कैलालीले जनाएको छ ।

(फोटो र नाम सम्बन्धीत व्यत्तिको आग्रहमा नराखीएको)