एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलायो
काठमाडौं – नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाएको छ ।
एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी छन् ।
पहिलेनै ६/६ महिना मन्त्री बन्ने सहमती बमोजीम उनीहरुलाई फिर्ता बोलाईएको हो ।
पार्टीको निर्णयसँगै एकीकृत समाजवादीले ती नेताहरुलाई सरकारबाट फिर्ता बोलाएर ५ नेतालाई सरकारमा पठाएको छ ।