काठमाडौं – सरकारले नेपाल प्रहरीका पाँचजना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरिएको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बढुवाका लागि सिफारिस गरिएका पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णयलाई सदर गरेको हो।
मन्त्रिपरिषदको निर्णयसँगै उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेस लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका हुन्।