Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिमको नीति तथा कार्यक्रम पारित

padma
milan sunchadi

धनगढी – सुदूरपश्चिम सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ मुख्यमन्त्री त्रिलोचन भट्टले दिएसँगै बिहीबार प्रदेशसभाबाट नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।

मुख्यमन्त्री भट्टले सांसदहरुलाई प्रस्तुत नीति तथा कार्यक्रमअनुरुप नै आगामी वर्षको बजेट आउने विश्वास दिलाए ।

सरकारबाट भएका कमीकमजोरी औंल्याउनु सकारात्मक भए पनि प्रदेश सरकारले केही गर्दै गरेन भन्नु पूर्वाग्रही हुने उनले बताए । ‘पदमा भएपछि एउटा भाषा बोल्ने र पदबाहिर भए अर्को भाषा किन बोल्छौं, ?’ मुख्यमन्त्री भट्टले भने, ‘के हामीले चमत्कार गर्न सक्ने अवस्था हो र ? शून्यबाट उठेर पाँच वर्षमा न्यूनतम कतिसम्म गर्न सकिन्थ्यो भन्ने पनि स्वमूल्यांकन गरे पुग्छ ।’ जनताका सबै अपेक्षा पूरा गर्न सक्ने अवस्था नभए पनि दुरदराजको समुदायले विकासको अवसर पाएको उनको जिकिर थियो । ‘यही व्यवस्थाले दिएको हो,’ उनले भने ‘हामीले नियतवस पूर्वाग्रही भएर काम गरेका छैनौं र गर्ने पनि छैनौं ।’

Siddi ganesh

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा धेरै कामहरु गरेको उनको दाबी थियो । सांसदहरुलाई प्रतिप्रश्न गर्दै मुख्यमन्त्री भट्टले भने, ‘विगतका तुलनामा स्वास्थ्य सेवा सुविधा बढेका छैनन् र ? सेती प्रादेशिक अस्पतालमा हिजो र अहिलेको सेवा सुविधा हेरौं । महाकाली अस्पतालको हालत हिजो कस्तो थियो र अहिले कस्तो छ तुलना गर्नुस् ।’ सबैको सहकार्यमा त्यो उपलब्धि भएको उनको भनाइ थियो ।

Nawadurga
Loading...