अत्तरिया – कैलाली जिल्ला समुन्वय समितिमा सत्तारुढ गठबन्धन विजयी भएको छ । सोमबार सम्पन्न निर्वाचनका एमाले र नागरिक उन्मुत्ति पार्टीको संयुक्त गठबन्धनलाई पराजित गर्दै सत्तारुढ गठबन्धन विजयी भएको हो ।
सत्तारुढ गठबन्धनका तर्फबाट समितिको प्रमुख पदका उम्मेदवार पदम बहादुर कलेलले १३ मत पाए भने एमाले र नागरिक उन्मुक्ति पार्टीबाट संयुक्त रुपमा चुनाव लडेका ईन्द्र चौधरीले १२ मत पाए । कलेल नेपाली कांग्रेसका हुन भने चौधरी नागरिक उन्मुक्ति पार्टीका हुन । यसैगरी समितिको उपप्रमुखमा माओवादीका खगराज भुसाल १३ मत पाएर विजयी भएका छन । उनका प्रतिद्धन्द्धी एमालेका राजेन्द्र खनालले १२ मत पाए ।
कैलालीमा सत्ता गठबन्धनअन्तर्गत कांग्रेस, माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका थिए । गठबन्धनका उम्मेदवारलाई धनगढीका मेयर गोपाल हमालले पनि सहयोग गरेका थिए । यस्तै नागरिक उन्मुक्ति र एमालेबीच छुट्टै तालमेल भएको थियो । भ्रष्टाचार मुद्दाका कारण माओवादीबाट निर्वाचित मोहन्याल गाउँपानीका देवीदत्त उपाध्यायले मतदान गर्न पाएका थिएनन् ।
जिसस कैलालीमा सत्तारुढ गठबन्धन विजयी
![](https://sudurtimes.com/wp-content/uploads/2024/11/attariya-hospital-new.gif)
![Image](https://sudurtimes.com/wp-content/uploads/2022/06/received_756965932414771.jpeg)
![](https://sudurtimes.com/wp-content/uploads/2024/11/achham-sannikot-new.gif)
![](https://sudurtimes.com/wp-content/uploads/2022/07/nawaduga.gif)
![](https://sudurtimes.com/wp-content/uploads/2024/04/godawari-ad-new.jpg)