Attariya Hospital Pvt.Ltd.

२४ वर्षदेखी नियमित रक्तदान

padma
milan sunchadi

अत्तरिया – दुर्घटनाका घाइते होउन वा उच्च रक्तश्राव भएकी सुत्केरी । विभीन्न शारीरीक समस्याका कारण ज्यान जोगाउनकै लागी तुरुन्तै रगत चाहिने कोहि अन्य बिरामी नै होेउन । कसैलाई रगत आवश्यक परेको खबर पाउनासाथ सामाजिक सञ्जालका माध्यमबाट हुन्छकी,फोनको माध्यमबाट हुन्छ वा आफैले रक्तदान गर्न मिल्छ हरेक विकल्प प्रयोग गरी रगत पुर्ति गर्ने काम गर्छन धनगढीका दिपक उपाध्यायले ।

१८ वर्षको उमेरदेखी हरेक तीन÷तीन महिनामा रक्तदान गर्दै आएका उनले हालसम्म ९७ पटक रक्तदान गरीसकेका छन् । १८ वर्षको छँदा पहिलो पटक एउटा दुर्घटनाका घाइतेको लागी रक्तदान गरे,उहाँको ज्यान बच्यो, आफुलाई आत्मसन्तुष्टी प्राप्त भयो उपाध्यायले भने कसैको ज्यान बचाउन पाएकोमा गर्व लाग्यो अनी नियमित रक्तदान गर्नतर्फ लागे ।” पेशाले पत्रकार समेत रहेका उपाध्यायले पछील्लो समय रक्तदान मात्रै गर्दैनन “रगत चाहियो” भन्ने खबर आउने बित्तिकै रगतको परिपुर्ती गर्ने विकल्पतिर पनी लाग्छन् ।

आफुकँहा रगतकै लागी दैनीक रुपमा १२÷१५ ओटा सम्म फोन आउने गरेको र आएका फोनमा सकेसम्म सबैलाई रगत परिपुर्ती गर्ने गरेको उनले बताए । कैलाली लगाएत सुदूरपश्चिम बाहिरबाट पनी रगत आवश्यक परेको भन्दै फोन आउने गरेको उपाध्यायले बताए । विशेषगरी सुदूरपश्चिमबाट कोहलपुर,चितवन,काठमाडौँ लगायतका ठाँउ जाने बिरामीहरुले रगतकोलागी उपाध्यायलाई फोन गर्ने गर्दछन् । तिनै फोन कलको आधारमा उपाध्यायले रेडक्रस,रत्तसंचार केन्द्रमा खबर गर्छन,नियमित रक्तदान गर्दै आईरहेका व्यत्तिहरुलाई खबर गर्छन्,अनकलमा रहेका व्यत्तिलाई सम्पर्क गर्छन,सामाजिक संजालमा पोष्ट गर्छन र बिरामीलाई रगत उपलब्ध गराँउछन् ।

Siddi ganesh

अहिले कैलालीमा १० जनाजती नियमित रक्तदान गर्दै आईरहेका व्यत्ति छन् भने केहि व्यत्ति अनकलमा रहेका छन् । नियमित रक्तदान गर्ने व्यत्तिको संख्या बढाउन नसक्दा संधै रगत अभाव रहने गरेको उपाध्यायको अनुभव छ । नियमित रक्तदान गर्नकालागी सम्बन्धीत निकायहरुले सचेतनाका कार्यक्रमहरु गर्न नसकेको उनी बताँउछन् । नियमित रक्तदान गर्ने व्यत्ति कम हुँदा सबै ग्रुपका रगत पाउन मुस्कील हुन्छ उपाध्याय भन्छन् “नेगेटिभ रगत ग्रुप झनै गाहा्रे हुन्छ, यसकालागी सम्बन्धीत निकायहरु रेडक्रस,रक्तसंचार केन्द्र, स्थानीय तथा प्रदेश सराकरले पनी सचेतनाका कार्यक्रमहरु गर्दा ब्लड बैंक जस्ता संस्थाहरुलाई पनी सहज हुन्छ ।”

रक्तदान गरे कमजोर भईन्छ भन्ने गलत मानसिकताका कारण धेरैजसो स्वस्थ व्यत्तिले पनी रक्तदान गर्न मान्दैनन् तर एक स्वस्थ व्यत्तिले नियमित रक्तदान गर्न मिल्ने डाक्टर नर बहादुर मौनी बताँउछन् । रातीको २ बजे समेत रगत उपलब्ध गराउन हिँडेका उपाध्यायसंग सिकलसेलका बिरामीका लागी आफैले रक्तदान गर्दागर्दै बिरामीको मृत्यु भएको तितो अनुभव पनी छ । विश्वभरी महामारीका रुपमा कोरोना भाइरस फैलीएको समयमा मानीसहरु घरबाट निस्कीन समेत डराइरहेको अवस्थामा समेत उपाध्याय लगायतको टिमले रक्तदान कार्यकम गरेर धेरैको जीवन बचाएका थिए । “रगत परिपुर्तीपछी ज्यान बचेका कतिपय बिरामी र तिनका आफन्तले “धन्यवाद” भन्दै फोन गर्छन त्यसैमा खुसी लाग्छ उपाध्यायले भने । ”

Nawadurga
Leave A Reply

Your email address will not be published.