प्रधानसेनापति आज संसदीय समितिमा उपस्थित हुने

padma

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा आज संसदीय समितिमा जाँदैछन्।

Shikhar Dental

नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो। समितिले उनलाई शुक्रबार ९ बजेका लागि बोलाएका हो।

बुधबार अमेरिकी दूतावासले नेपाल एसपीपीको अंग भइसकेको बताएको थियो भने नेपाली सेनाले विज्ञप्ति जारी गर्दै कुनै पनि सैन्य गठबन्धनमा नरहेको र नरहने जनाएको थियो ।

बिहीबार तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई स्टेट पार्टनरसिपमा सहभागी हुन पत्र लेखेको सार्वजनिक भएसँगै समितिले प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो।

Nawadurga
Leave A Reply

Your email address will not be published.