अफगानिस्तानमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प,२ सय ५० जनाको मृत्यु

padma
Shikhar Dental

अफगानिस्तानको पक्तिका प्रान्तमा गएको ५ दशमलव ९ रेक्टर स्केलको भूकम्पमा परेर २ सय ५० जनाको मृत्यु भएको छ । कैयौँ नागरिक घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भैरहेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बिहान ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट झण्डै ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर छ ।  यो भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतको पाँचसय किलोमिटर धेरै क्षेत्रमा महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.