पेट्राेलियम पदार्थकाे मूल्य घट्न सक्ने आपूर्ति मन्त्रीकाे सङ्केत

padma

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो पटक पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने सङ्केत गरेका छन् । करका दरहरूमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूूल्य समायोजन गर्नुपर्ने विषय संसदमा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री बडूले सरकार त्यहीअनुसार अघि बढ्न सक्ने बताएका छन् ।

Shikhar Dental

आज बिहीवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उन्ले विद्युतको खपत बढाएर पनि पेट्रोलियम पदार्थको मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकार रहेको बताए ।

मन्त्री बडूले विद्युत् खपत बढाएर पेट्रोलियम पदार्थको निर्भरता घटाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको दाबीसमेत ग गरेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.