काठमाडौं उपत्यकाका नौ स्थानमा देखियो हैजा

padma

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न नौ स्थानमा हैजाको संक्रमण देखिएको छ ।

शनिबार पाटन अस्पतालमा उपचाररत एकजनामा हैजाको संक्रमण पुष्टि भएको छ । काठमाडौंको नैकाप क्षेत्रका एक व्यक्तिमा पनि हैजा संक्रमणको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ ।

Shikhar Dental

पाटनमा देखिएका बिरामी कोटेश्वर क्षेत्रका रहेको पाटन अस्पतालका निर्देशक डा. रबी शाक्यले जानकारी दिए ।

यसअघि, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट ६ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भएको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.