बुढीगंगामा पुन: मतदान रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

padma

काठमाडौं – सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना हुनुपर्ने माग राखी दर्ता भएको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

बुढीगंगा नगरपालिकामा गत ३० बैशाखमा भएको मतदान विवादास्पद बन्न पुगेको थियो ।

Shikhar Dental

एमालेले ३० बैशाखमा भएको मतदानकै आधारमा मतगणना हुनुपर्ने माग गरेको थियो । बुढीगंगाका मतदाता दलबहादुर सावदले यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

मंगलबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिकै मतदानको मतगणना गर्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।अन्तरिम आदेश अस्विकार भएपछि आगामी २३ गते तोकिएको दिन मतदान गर्न निर्वाचन आयोगलाई बाटो खुलेको छ ।

३० वैशाखमा भएको निर्वाचनमा मतदान केन्द्रमा बुथ कब्जा भएको पुष्टि भएको भन्दै आयोगले ३० वैशाखमा भएको मतदान रद्द गरी पुनः मतदानको नयाँ मिति तोकेको थियो।

Nawadurga
Leave A Reply

Your email address will not be published.