पछिल्लो २४ घण्टामा देशभर ५५ जनामा कोरोना संक्रमण पुष्टि

padma

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ५ सय ३२ पिसिआर परीक्षणका क्रममा ३६ जना र १ हजार १ सय ६६ एन्टीजेन परीक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Shikhar Dental

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ६२ जना निको भएका छन् ।

हाल नेपालमा २ सय ८० सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.