काठमाडौंका सार्वजनिक शौचालयमा एकै किसिमको चिह्न

padma

काठमाडौं – काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ।

महानगरका प्रशासन प्रमुख महेश काफ्लेका अनुसारसर्वसाधारणलाई सहज होस् भनेर सम्झौता भएका सबै शौचालयमा एकै किसिमको चिह्न लगाउन लागेको हो।

चिह्न राखिसकेपछि ती शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्नेछन्। संकेत चिह्नमा गोलो घेराभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ। बीच भागमा सेतो रङमै महिला र पुरुषको चिह्न रहेको छ। संकेत चिह्नको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ । चिन्नकै आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्नसक्ने कामपाले जानकारी दिएको छ ।

Shikhar Dental

सम्झौताअनुसार करिब २०० शौचालय सञ्चालन आउनेछन्, जसमा १०० मा चिन्ह लगाइसकेको छ। निर्णयअनुसार सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यावसायिक संस्थासँगको सहकार्य र यसअघि नै कामपामा रहेका ५८ गरी अब कामपामा २५० भन्दा बढी शौचालय सार्वजनिक प्रयोगमा ल्याउन लागेको महानगरले जानकारी दिएको छ।

यी शौचालय बैंक, रेष्टुराँ, स्कुल, प्रकाशन गृह, विजनेस कम्प्लेक्स होटललगायतका हुन्। यसरी उपलब्ध गराइएका शौचालयको मर्मतसम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा संस्थाकै हुनेछ। यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्यांकन गर्न दुवै पक्षबाट एक\एक जना प्रतिनिधि तोकिएको छ र उनीहरुले हरेक चार महिनामा प्रतिवेदन दिनेछन्।

महानगरप्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको पहिलो नगरसभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि कामपाले ३३ निजी संस्थासँग सम्झौता गरिसकेको छ।

रासस

Nawadurga
Leave A Reply

Your email address will not be published.