जिप दुर्घटनामा चालकको मृत्यु

सुर्खेत – डोल्पा ठुलिभेरी नगरपालिका ९ डाँगीबाडामा जिप दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ।

सुपानीबाट दुनै जाँदै गरेको भे १ च १६११ नम्वरको जिप दुर्घटना हुँदा चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको हो।


जिप आज बिहान ५ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खसेको हो।
