संघियता खारेजीको माग गर्दै धनगढीमा राप्रपाको प्रर्दशन

padma

अत्तरिया – संघियता खारेजीको माग गर्दै धनगढीमा राष्ट्रीय प्रजातन्त्र पार्टीले प्रर्दशन गरेको छ ।

Shikhar Dental

शुक्रबार संघियता खारेज र मूल्यवृद्धीको विरोधमा राँके जुलुससहित प्रर्दशन गरिएको हो । प्रर्दशनकारीहरुले ‘चर्को मूल्यवृद्धी फिर्ता गर’, ‘संघियता खारेज गर’ जस्ता नारा समेत लगाएका छन् ।

यसअघि राप्रपाले किसानलाई तुरुन्त मल उपलब्ध गराउनु पर्ने,महंगी तथा कालोबजारी नियन्त्रण गर्नुपर्ने,इम्बोश्ट नम्बर प्लेट लागू गर्ने नपाइने,शिक्षा रस्वास्थ्य निशुल्क गर्नुपर्ने,नेपाललाई हिन्दु रास्ट्र घोषणा गर्नुपर्ने,हत्याहिंसा अन्त्य गर्नुपर्ने , देशमा रोजगारि सिर्जना गर्नुपर्ने,पृथ्वीनारायण शाहको जन्मजयन्तिलाई राष्ट्रिय एकता दिवस घोषणा गरि सार्वजनिक बिदा दिनुपर्ने लगायतका माग राखि ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.