वामदेव गौतम पार्टीबाट निष्कासित

padma

काठमाण्डाै – नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका संयोजक वामदेव गौतमलाई पार्टीबाट निष्काशन गरिएको छ।  पार्टी घोषणाको सातौ दिनमै गौतम निस्कासित भएका हुन् । नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेका हुन् ।

Shikhar Dental

अभियानका दलहरू समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठक बसी ५ बुँदे आरोप सहित गौतमलाई निष्काशन गरिएको हो।

सांगठनिक अराजकता, निरङ्कुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको, अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको, जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको र नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई शक्तिको चरम दुरुपयोग गरी शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको पाँच बुदे आरोप गौतममाथि लगाइएको छ ।

आज काठमाडौंमा बसेको चार पार्टीका शीर्ष नेताको बैठकले सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति समेत गठन गरेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.