माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक धनगढीमा सम्पन्न

padma

धनगढी – नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक धनगढीमा सम्पन्न भएको छ। केन्द्रीय गठबन्धनमा सुदूरपश्चिम सरकारको नेतृत्व परिवर्तन गर्ने छलफल चलिरहेका वेला सरकारको नेतृत्व गरिरहेको माओवादीले संसदीय दलको बैठक गरेको हो।

Shikhar Dental

 प्रदेश संसदीय दलको बैठकले सरकारले ल्याएको बजेटको पक्षमा उभिन सांसदहरुलाई ह्वीप जारी गरेको  छ।

असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्षको बजेट संशोधनको माग गर्दै सत्तारुढ दलकै सांसदहरुले प्रदेशसभा चल्न नदिने चेतावनी दिएका छन्। अहिलेसम्म सांसदहरुको रुष्टताका कारण बैठक बस्न सकेको छैन।

Nawadurga
Leave A Reply

Your email address will not be published.