कैलालीको घोडाघोडी नगरपालिकाले गर्यो कार्यालय समय थप, कर्मचारीको खाजा समय कटौती

padma

अत्तरिया  – कैलालीको घोडाघोडी नगरपालिकाले पाँच दिनको लागि कार्यालय समय थप गरेको छ । आइतबार एक सूचना जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले सोमबार देखी लागू हुने गरी कार्यालय समय थप गरेका हुन् ।

 सूचनामा आचार्यले सोमबार देखी पाँच दिन सम्म बिहान ९ बजे देखी साँझ ६ बजेसम्म कार्यालय समय थप गरिएको उल्लेख गरेका छन् । उनले पाँच दिन सम्म कर्मचारीले खाजा समय समेत नपाउने जानकारी गराएका छन् ।

Shikhar Dental

उनले त्यसपछि पनि शाखाहरू बन्द गर्दा आफूलाई जानकारी गराउनु पर्ने निर्देशन जारी गरेका छन् ।

‘२० गते देखी २५ गते सम्म कार्यालयको कामको चापलाई मध्यनजर गर्दे खाजा समय समेत लागू नहुने गरी बिहान ९ बजे देखी साझा ६ बजे सम्म सञ्चालन गर्नुहुन र तत् पश्चात् पनि कार्यालय प्रमुखसँग समन्वय गरेर मात्र शाखा बन्द गर्ने व्यवस्था मिलाउन हुन अनुरोध छ’ आचार्यले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

२० गते देखी २५ गतेसम्म कार्यालयको कामको चापलाई मध्यनजर गर्दे यस्तो निर्णय गरिएको नगरप्रमुखको सचिवालयले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.