भ्रमण सकेर फर्किए प्रधानसेनापति शर्मा

padma

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

Shikhar Dental

द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा यूएन मिसनहरूको विविध पक्ष एवं भावी योजनाबारे जानकारी लिन सेनापति शर्मा असार ४ गते भ्रमणमा गएका थिए ।

उनले यस क्रममा लेबनान, सिरिया र अमेरिका भ्रमण गरेका हुन् । शर्माले आफ्नो भ्रमण सकेर आइतबार काठमाडौं आइपुगेका हुन् । भ्रमणको क्रममा शर्माले अमेरिकी सेनाप्रमुखसहित अमेरिका र लेबनानका उच्च अधिकारीहरूसँग भेट गरेका थिए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.