स्रोत नखुलेको ८३ लाख ६४ हजार सहित दुई जना पक्राउ

padma

धनुषा – धनुषाको जनकनन्दनी गाँउपालिका-१ इनर्वामा स्रोत नखुलेको ८३ लाख ६४ हजार ५०० रुपैयाँ सहित दुई जना पक्राउ परेका छन्।

Shikhar Dental

धनुषाको जनकनन्दनी गाउँपालिका-१ इनर्वामा भारतबाट मोटरसाइकलमा बोरामा आलुसँगै ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद भएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले जानकारी दिए।

ज७प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याइरहेको अवस्थामा जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई मगदसहित पक्राउ गरिएको ठाडामगरले बताए।

पक्राउ परेको रकम राजश्व अनुसन्धान कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.