Attariya Hospital Pvt.Ltd.

रामेछापमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

padma
milan sunchadi

रामेछाप – सुनापती गाउँपालिका-५ र खाँडादेवी गाउँपालिका-१ को सिमानामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ।

प्रहरीका अनुसार मंगलबार सुनापती हिलेदेवीबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख ८३९६ नम्बरको बस सडकबाट करिब ३५ मिटर तल खस्दा दुर्घटना भएको थियो।

दुर्घटनामा बसमा सवार १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २१ जना घाइते भएका छन्।

Siddi ganesh

दुर्घटनामा चार जना महिला र ५ जना पुरूष गरी ९ जनाको घटनास्थलमै, ३ जना पुरूष र १ जना महिला गरी ४ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै घाइते भएका २१ जनामध्ये १८ जनालाई एम्बुलेन्सद्वारा र ३ जनालाई कैलाश एयरको हेलिकप्टरद्वारा धुलिखेल अस्पताल लगिएको छ। १ जनालाई थप उपचारको लागि केएमसी अस्पताल काठमाडौं पठाइएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछाप र इलाका प्रहरी कार्यालयहरूबाट प्रहरी टोली खटिएर उद्धार गरिएको थियो।

सामान्य घाइते भएका बस चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

ब्रेक फेल भएर बस मोड काट्न नसकेर खसेको प्रहरीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.